मोटरसाइल दुर्घटना हुँदा चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् ।

मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका-११ घर भई हाल काठमाण्डौ बस्ने सुजल छावुहाङ राईको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा शुक्रबार बिहान  मृत्यु भएको हो ।

घाईते भएका पैदलयात्रु काठमाण्डौको नैकाप बस्ने ५८ बर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?