काठमाडौं च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिका १२औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा च्याम्पियन बनेको छ । काठमाडौं १७ स्वर्ण, तीन रजत र १४ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुर नगरपालिका आठ स्वर्ण, चार रजत र पाँच कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको तार्केश्वर नगरपालिकाले सात स्वर्ण, ११ रजत र आठ कांस्य हात पार्‍यो ।

विजेतालाई काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, आयोजक समितिका अध्यक्ष गणेशलाल कक्षपति, प्रमुख विनोद उप्रेती, सानुराजा केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीन दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुको प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?