पाँचौ भोजपुर ट्रेल रेसमा एक सय ९० जना सहभागी

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरको पर्यटन प्रवर्धनका लागि मुन्दुम मार्ग चिनाउने उद्धेश्यका साथ पाँचौ मुन्दुम ट्रेल रेस प्रतियोगिता गरिएको छ । रिमाचुङ एजुकेशन स्पोर्टस एकाडेमीको आयोजनामा शनिवार भएको प्रतियोगितामा एक सय ९० जनाको सहभागिता छ ।

टेम्केमैयुङ गाउँपालिकाको सहयोगमा आयोजित प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा टेवा पुर्याउन समेत मद्धत गरेको आयोजक रिमाचुङ एजुकेशन स्पोर्टस एकाडेमीका अध्यक्ष पावीहाङ राईले बताउनु भयो । भोजपुरको बाघखोरबाट सुरुभै तावाभञ्ज्याङमा पुगेर समापन हुने ट्रेल रेसमा भोजपुर, दार्चुला, सिन्धुपाल्चोक कालिकोट, जाजरकोट, सोलुखुम्वु लगायत १३ जिल्लाका एक सय ९० सहभागिता रहेको छ । जसमा तीस जना महिला र एक सय ६० पुरुषको सहभागिता रहेको छ ।

४० वर्षभन्दा माथिको पुरुष तथा महिला दौडमा दुई महिला र छ जना पुरुष गरी आठ जना प्रतिस्पर्धामा रहेको आयोजकले जनाएको छ ।
उक्त ट्रेल रेसमा ४० वर्ष माथिका र १६ वर्ष माथिका खेलाडी सहभागी छन् । दौडमा पुरुष तथा महिलातर्फ प्रथम हुनेलाई जनही ३५ हजार, दोश्रोलाई २५ हजार, तेश्रोलाई १५ हजार र सान्त्वनालाई ५/५ हजार नगदसहित मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै ४० वर्षभन्दा माथिको पुरुष तथा महिला दौडमा पहिलोले १० हजार, दोश्रो ८ हजार र तेश्रोले ५ हजार नगद, मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजक रिमाचुङ एजुकेशन स्पोर्टस एकाडेमीले जनाएको छ ।

सरकारले सुचीकृत गरेको १ सय पर्यटन गन्तब्य मध्ये भोजपुरको मुन्दुम पदमार्ग पनि पर्दछ । सोही मार्गको चिनारीका लागि पनि प्रत्येक बर्ष ट्रेल रेसको आयोजना हुदै आई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?