जुम्लाको भेरीखोला संचारको पहूँचमा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण बस्ती भेरीखोलाको वडा नंं. ७ र ८ मा संचारको पहुँचमा पुगेको छ । उक्त पालिकाको वडा नं. ८ मा नेपाल टेलिकमको टावर संचालनमा आएसंगै दुर्गम भेरीखोला संचार सेवा विस्तार भएको वडाध्यक्ष तिलक रावतले जानकारी दिनुभयो ।

संचार सेवाबाट बञ्चितहुदै आएका भेरीखोलाका नागरिकलाई टेलिफोन सेवा संचालनमा आएसंगै स्थानीयवासि उत्साहित भएको वडाध्यक्ष रावतले भन्नुभयो,“ सूचना र प्रविधिको समयमा पनि भेरीखोलाका स्थानीयवासि संचारसेवाको सुविधाबाट टाढाहुदा आफन्तसँग सूचना आदान प्रदान गर्नबाटै बञ्चित हुनु परेको थियो । ” अहिले संचारसेवा संचालन आएपछि यहाँका नागरिकलाई फोन गर्ने र इन्टरनेट चलाउन सहज भएको वडाध्यक्ष रावतको भनाइ छ ।

संघीय र प्रदेश सरकारसंग संचारसेवा विस्तारकै माग गर्दै आएका थिए । ढिलै भएपनि थलालेमा रहेको नेपाल टेलिकमको टावर संचालन आएसंगै सम्पुर्ण भेरीखोला क्षेत्र संचार सेवाको पहुँचका पुगेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो । वर्षेदेखि अलपत्र रहेको थलाले टावर संचालनका लागि पालिकाले निन्तर ताकेता गरिरहेको थियो ।

ठेकेदारले हाम्रो ताकेता र भेरीखोला बासीको समस्यालाई बुझ्दै टावर निर्माणलाई पुर्णता दिएर संचार सेवा सूचारु भएको तातोपानी गाउँपालिकाले जनाएको छ । टेलिफोन सेवा गाउँमा विस्तार भएपछि यहाँका नागरिकलाई फोन गर्ने र सोसल मिडिया मार्फत् राज्यको ताजा गतिविधि हेर्ने र सुन्न निकै सहज भएको भेरीखोलाका स्थानीयवासि बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?