भोजपुरको दक्षिण होम्ताङ उज्यालो वडा घोषणा

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । विद्युतको पहुँचपुगे पछि भोजपुरको दक्षिण होम्ताङ उज्यालो वडा घोषणा भएको छ ।

सदरमुकामको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको वडा नम्वर ५, होम्ताङलाई एक कार्यक्रमका बिचमा गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले उज्यालो वडा घोषणा गर्नुभयो । सो ठाउँमा ११ केभी राष्ट्रिय प्रशारण लाइन अन्तर्गत बिद्युतको पहुँच पुगेको हो । वडा भित्रका तीन सय ६५ घरधुरीमा बिद्युत लाइन जडान भए पछि होम्ताङ उज्यालो वडा भएको छ । बाँकी रहेका केही घरधुरीमा पनि तत्काल बिद्युत जडान हुने छ ।

हतुवागढी गाउँपालिका भित्र ९ वटा वडाहरु रहेको भए पनि पूर्ण बिद्युतीकरण भएर यो वडा उज्यालो वडा बन्न सफल भएको छ । नेपाल बिद्युत प्राधिकरणसँगको समन्वयमा गाउँपालिका भित्रका अन्य वडाहरुमा पनि पूर्ण बिद्युतीकरण गर्नका लागि आफु लागि गरेको पालिका अध्यक्ष राईले बताउनुभयो ।

उज्यालो वडा घोषणा कार्यक्रममा बिद्युतीकरणमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तिहरुलाई कदर पत्र समेत प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?