पारसको टोलीको जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्स टोलीले दुबईमा सुरु भएको लेजेण्ड्स क्रिकेट लिग २०२३ को पहिलो खेलमा इण्डिया महाराजसलाई ९ रनले पराजित गरेको छ । जितका लागि १६६ रनको विजयी लक्ष्य पछ्याएको महाराजसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो । भारतका कप्तान गौतम गम्भीरले ३९ बलमा ७ चौकासहित ५२ रन बनाउनुभयो ।

इण्डिया महाराजसका इसुरु उडानालाई १७औँ ओभरको पहिलो बलमा पारसले क्याच आउट गर्नुभएको थियो । इसुरु २२ रनमा आउट हुनुभयो । एसियाका सोहेल तनविरले ४ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिनुभयो । अब्दुल रजाकले ३.२ ओभरमा १७ रन खर्चेर १ तथा इसुरु उडानाले ३ ओभरमा २९ रन खर्चेर १ विकेट लिनुभयो ।

त्यसअघि कतारको दोहामा रहेको वेस्ट इण्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । एसियाका मिस्बाह उल हकले ५० बलमा २ चौका र ४ छक्कासहित ७३ रनको योगदान दिनुभयो । त्यसबाहेक उपुल थरंगा ३९ बलमा २ छक्कासहित ४० रनमा आउट हुनुभयो ।

पारसले आठौँ नम्बरमा ब्याटिङको पालो पाउनुभएको थियो । नेपालका पूर्वकप्तान पारस खड्काले २ बल खेल्न पाउनुभयो । सोक्रममा उहाँले ३ रन बनाउनुभयो । अन्तिम तीन बल बाँकी रहँदा पारस खड्काले ब्याटिङको अवसर पाउनुभएको थियो । उहाँले अन्तिम ओभरको चौथो बलमा एक र अन्तिम बलमा दुई रन जोड्नुभयो ।

भारतका प्रविन्दर अवानाले ४ ओभरमा ३१ रन खर्चेर २ तथा स्टुअर्ट बिन्नीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिनुभयो । इफरान पठान र अशोक डिन्डाले एक/एक विकेट लिनुभयो ।

एसिया लायन्सले अब वल्र्ड जायन्ट्ससँग सोमबार खेल्नेछ । जायन्ट्समा आरोन फिन्च, हसिम अमला, क्रिस गेल, ब्रेट ली, ज्याकक्विस क्वालिस र शेन वाटसन जस्ता खेलाडीहरू रहनुभएको चर्चित टोली हो । तीन टोली सहभागी प्रतियोगिता डबल राउण्ड रोविनका आधारमा हुनेछ । शीर्ष स्थानमा रहने टोलीले सोझै फाइनलमा स्थान बनाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?