विश्व पर्यटनमा तीन वर्षे कोरोना काल

Read Time = 8 mins

✍️ निनाम लोवात्ती

झण्डै तीन वर्षअघि जति बेला नेपालको छिमेकी देश चीनबाट सामान्य भाइरसका रूपमा फैलन सुरु भएको भाइरल रोग नोभेलकोरोना भाइरस (कोभिड-१९) ले विस्तारै विश्वव्यापी महामारीको रूप लिएर फैलियो, त्यसले विश्व अर्थतन्त्रलाई विस्तारै ‘डाँवाडोल स्थिति’ मा पुर्‍याउला भन्ने मै हुँ भन्ने ठूला देशका कुनै पनि सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरूले सोचेका थिएनन् । हुन पनि कतिसम्म भयो भने, कोभिड-१९ फैलन सुरु भएपछि विश्वको समग्र अर्थतन्त्र र अर्थ व्यस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको पर्यटन उद्योग त ९६ देखि ९८ प्रतिशतले चल्नै नसक्ने अवस्थामा पुग्यो ।

यसरी नोभेल कोरोना भाइरस (कोभिड-१९) ले विस्तारै विस्तारै विश्वव्यापी महामारीको रूप लिएपछि तत्कालै विभिन्न देशका सरकार प्रमुखहरूले एक देशबाट अर्को देश जान प्रतिबन्ध लागाउन थाले । जसले गर्दा हवाई यातायात क्षेत्र र होटल क्षेत्रले नराम्रोसँग मार खानुप¥यो । यसरी हेर्दा हेर्दै विश्व नै एक किसिमले सुन बन्न पुग्यो । भलै त्यस बेलाका केही देशका उग्र राष्ट्रवादी नेता तथा सरकार प्रमुखहरू चाहिँ ‘नोभेल कोरोनाभाइरस’ (पछि कोभिड-१९ नाम दिइएको)लाई ‘यो पनि केही होइन, सामान्य भाइरस हो यो चाँडै हट्छ’ भनी मनगढन्ते ढंगले ‘अन्डर-इस्टिमेट’ गरिरहेका थिए ।

तर, ‘नोभेल कोरोनाभाइरस’ तत्काल हटेर जानुको सट्टा झन्झन् फैलँदै गएर विश्वव्यापी महामारीको रूप लियो । त्यसको लगभग तीन वर्षमा बल्ल ‘नोभेल कोरोना भाइरस’ले विश्राम लिएको हो कि त भन्ने संकेत गर्दैछ । हुन त अहिलेसम्म तीन वर्ष पूरा हुँदा पनि विश्व स्वास्थ्य संगगठन (डब्लुएचओ) ले नेभेल कोरोना ‘(कोभिड-१९) फ्री’ महामारीबारे यसै हो भनी मुख खोलेर केही बोल्न नसकेको अवस्था छ । त्यसैले अझै हामीले यो समयलाई ‘कोरोना महामारी’ काल नै भन्नुपर्ने हो कि ? जस्तो लाग्छ । खासमा सन् २०२२ मंं विश्वलाई ‘कोभिड-१९ फ्री’ भनी घोषणा गर्ने कि ? भनी विश्व स्वास्थ्य संगठनले बहस र छलफल पनि गरेको हो । तर, डब्लुएचओले सो सम्बन्धमा तत्कालै निर्णय गर्न सकेन ।

नोभेल कोरोना भाइरस अर्थात् (कोभिड-१९) विश्वबाट निमिट्यान्न भएर नजाने देखिन्छ । त्यसो भएकाले गर्दा हामीले यो भाइरससँग लड्ने क्षमता बढाउँदै बाँच्ने तरिकाहरू पनि नयाँ ढंगले अपनाउनुको विकल्प देखिँदैन । यसबाट सन् २०२० र सन् २०२१ नेपाली पर्यटन उद्योगमा पनि ठूलै क्षति भएको थियो ।

यसरी अहिलेसम्मको तथ्यांक हेर्दा विश्वमा हाल ७५ करोड ८३ लाख ९० हजार ५६४ जनामा (कोभिड-१९) देखिएको छ भने, ६८ लाख ५९ हजार ९३ जनाले (कोभिड-१९)का कारण आफ्नोअमूल्य जीवन गुमाएका छन् । माथिको डाटा सन् २०२३ को मार्च आठ तारिखसम्मको हो । यो तथ्यांकको स्रोतः डब्लुएचओ रहेको छ । त्यस्तै हालसम्म विश्वका विभिन्न देशमा जम्मा एक लाख ७६ हजार १७४ जनामा (कोभिड-१९) का कारण विरामी अवस्थामा रहेका छन् भने, पछिल्लो दिनमा २० (यो लेख्दा को समय दि २०७९ फागुन २५) जनाको (कोभिड-१९) का कारण मृत्यु भएको तथ्यांक रहेको छ । स्रोतः ‘वोल्र्डोमिटर’ ।

त्यसैले अब यो भाइससँग लड्ने क्षमता बढाउँदै हामीले बाँच्न सावधानीपूर्वक सिक्नुपर्ने देखिन्छ । किनभने, ‘नोभेल कोरोनाभाइरस’ अर्थात् (कोभिड-१९) विश्वबाट निमिट्यान्न भएर नजाने देखिन्छ । त्यसो भएकोले गर्दा हामीले यो भाइरससँग लड्ने क्षमता बढाउँदै बाँच्ने तरिकाहरू पनि नयाँ ढंगले अपनाउनुको विकल्प देखिँदैन । हो, कोरोना महामारीका कारण सन् २०२० र सन् २०२१ मा विश्वव्यापी पर्यटन उद्योगका साथै नेपाली पर्यटन उद्योगमा पनि ठूले क्षति भएको थियो । यसरी पर्यटन उद्योगमा भएको ठूलो पैमानाको क्षतिका बारे केही लेख्दै छु ।

सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण-पूर्वी प्रान्त हुपेईको राजधानी शरह वुहानबाट सुरु भएको ‘नोभेल कोरोना भाइरस’ (पछि कोभिड-१९)ले जसरी विश्वव्यापी रूपमा महामारीका रूपमा फैलन सुरु भयो, त्यसले विश्व पर्यटन क्षेत्रमा खर्बौं डलरको क्षति भयो भने, मूल्य तोक्न नसकिने मानव पुँजीको पनि ठूलो क्षति हुन पुग्यो । विश्वमै मुर्दा शान्तिको स्थिति छायो । फलतः विश्व पर्यटनमा सोच्दै नसोचेको स्तरमा ‘डाउन-फल’ भयो । बल्ल सन् २०२३ मा आएर विश्व पर्यटन क्षेत्रमा ‘अप-राइज’ सुरु भएको संकेत मिल्दै छ ।

हुनत, सन् २०२२ मै नौ सय मिलियन अर्थात् ९० करोड पर्यकटहरू विश्व भ्रमण गर्न निक्लेका थिए । जबकि सन् २०२१ मा केवल ६६७ दशमतलव ७३ मिलियन पर्यटकले विश्व भ्रमण गरेका थिए भने, सन् २०२० मा झनै कम अर्थात चार सय १५ मिलियन पर्यटकले मात्रै विश्व भ्रमण गरे । हो, तथ्यांक हेर्ने हो भने, सन् २०१९ मा एक दशमलव पाँच बिलियन पर्यटकहरू विश्व भ्रमण गर्न निक्लेका थिए ।

नेपालमा पनि सन् २०१९ मा नेपालको पर्यटन इतिहासमा हालसम्मकै धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । स्मरणीय छ, सन् २०१९ मा (झण्डै १२ लाख) ११ लाख ९७ हजार १९१ जना विदखेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने, सन् २०२१ मा त केवल एक लाख ३१ हजार विदेशी पर्यटकमात्रै नेपाल भ्रमण गर्न आएका थिए । तर, सन् २०२२ मा छ लाख १४ हजार १४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नढाँटीकन भन्नु पर्दा सो संख्यालाई नेपाली पर्यटन व्यवसायीहरूले अपेक्षा नै गरेका थिएनन् । जे भए तापनि अब हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या कसरी बढाउने ? भन्ने विषयका साथसाथै उनीहरूको नेपाल बसाइ अवधि र नेपाल बसाइको क्रममा गर्ने दैनिक खर्चको सीमालाई पनि कसरी बढोत्तरी गर्न सकिन्छ ? भन्ने सम्बन्धमा पनि हामीले विचार-मन्थन सुरु गर्नुपर्ने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?