विद्युत् चुहावट गर्ने पाँचजना पक्राउ

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । सप्तरीमा विद्युत् चुहावट गर्ने पाँचजना पक्राउ परेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेहरूमा विष्णु यादव, देवकुमार यादव, रामपृत यादव, जपेलाल यादव र महेन्द्र खङ्ग खत्वे रहेका छन् ।

पक्राउ परेकाहरूलाई विघुत् चुहावटअन्तर्गत कारबाही स्वरुप जरिबाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण शाखा राजविराजले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?