तातोपानी गाउँपालिकाद्वारा महिलालाई सीपमुलक सिलाईकटाई तालिम

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पालिका भित्रका महिलालाई सिलाइकटाई तालिम दिएर आत्मनिर्भर बनाउन लागि परेको छ । सो पालिकाको – ७ कि मनमाया रावत अहिले सिलाईकटाई गरेर जिविकोपार्जन गर्न व्यस्त हुनुहुन्छ । मनमायालाई केही बर्ष पहिले सिलाई कटाई तालिमबाट सिप सिक्ने ईच्छा थियो । आफ्नै लगानीमा ४५ दिनको तालिम सिक्नुभयो । सिप सिकाईमा केही अभाव भएको थियो । तातोपानी गाउँपालिकाले लिएको सिलाईकटाई स्तरउन्नति तालिममा उहाँले फेरि सिक्ने अवसर पाउनुभयो । अहिले गाउँमै सिलाईकटाई तालिम दिएको स्थानीयवासि रावतले जानकारी दिनुभयो । मनमाया जस्तै तातोपानी – ७ ताम्तिकी हरिकला रावतले अहिले ४५ दिने तालिमबाट आधारभुत कपडा सिलाउने ज्ञान भएको र अव व्यवसायिक रुपमा घरमै पसल राख्ने तयारी गरिएको बताउनुभयो ।

मनमाया र हरिकला जस्तै बारागाउँ, ताम्ति, सुर्की र सर्मीका २२ जना महिलाहरुलाई गाउँपालिकाद्धारा स्तरउन्नति तालिम दिईएको छ । गाउँमै पसल स्थापना गरि काम गरिरहेका छन् । तातोपानी गाउँपालिकाले दिईएको सिलाईकटाई सिपविकास तालिमबाट महिलाहरु व्यवसायी वन्न थालेको तातोपानी गाउँपालिका उपाध्यक्ष रेवति रावलले जानकारी दिनुभयो ।

प्रमाणपत्र तथा ११ वटा मेशिन तथा २२ वटा आईरन हस्तान्तरण गरेको उपाध्यक्ष रावलले भन्नुभयो,“ महिलाहरुको विकास चेतना सँगै उद्यमशिलता महत्वपूर्ण भएकाले पालिकाले आर्थिक लगानी गरेको उपाध्यक्ष रावलले जानकारी दिनुभयो । ” जनतासँग उपाध्यक्ष कोषबाट ११ वटा आधुनिक ईन्टरलक मेशिन यहाँका महिलालाई उपलब्ध गरिएको छ । व्यवसायीक बन्नका लागि दोस्रो पटक ४५ दिने सिपविकास स्तरउन्नति व्यवसायीक तालिम दिएको उपाध्यक्ष रावलले बताउनुभयो । गाउँपालिका लघुउद्यम विकास कार्यक्रम अन्तरगत तातोपानी – ७ को सुर्की, सर्मी, वारागाउँ र ताम्तिका २२ जना महिलाहरुलाई ४५ दिने तालिम दिएपछि अहिले व्यसायीक रुपमा अगाडि बढ्ने सहयोग पुगेको ताम्तीका स्थानीय महिला बताउँछन् ।

उक्त सीपमुलक तालिमबाट गाउँमै विद्यालय पोषाक, चोला, कुर्ता शुरुवाल, भोटो म्याक्सी लगायतका कपडा सिलाउने गरेका गरिवि निवारण लघुउद्यम विकास कार्यक्रम पालिकाका बरिष्ठ उद्यम विकास सहजकर्ता हरि कामीले जानकारी दिनुभयो । जनतासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत दुई लाख पचाँस हजारका मेशिन वितरण गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?