नेपालले चार देश सम्मिलित सिरिज खेल्ने            

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देश सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)का अनुसार मलेसियामा हुने सिरिजमा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ भिड्नेछन् । सिरिज अगष्ट २२ देखि २६ सम्म हुनेछ ।

वायुमास ओभल मैदानमा पाँच दिन चल्ने सिरिजमा शीर्षस्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । यस्तै, बाँकी दुई टोलीले तेस्रो स्थानका लागि खेल्ने तालिका छ । नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङ, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग खेल्ने तालिका रहेको छ ।

मलेसियामा नै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीको पूर्वसन्ध्यामा नेपालले उक्त लिग खेल्न लागेको हो । छनोट खेल्ने टोलीका सदस्यहरूले नै यो सिरिज खेल्नुहुनेछ ।

क्रिकेट संघले घोषणा गरेको नेपाली टोलीमा रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुसी डंगोल हुनुहुन्छ ।

आइसिसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोट मलेसियामा अगष्ट ३१ देखि ९ सेप्टेम्बर सम्म हुनेछ । प्रतियोगिताको समूह ‘ए’मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् । समूह ‘बी’मा चीन, हङकङ, कुवेत, थाइल्याण्ड र म्यानमार छन् ।

प्रतियोगिताका हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।

पाठकमाथि दुव्र्यवहार

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि हेटौंडामा दुव्र्यवहार भएको छ ।

जिल्ला क्रिकेट संघ मकवानपुरको आठौँ साधारणसभा तथा चौथो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा हेटौंडा पुग्नुभएका पाठकमाथि कालोमोसो दल्ने प्रयास भएको हो । शनिबार बिहान अधिवेशन सकेर खाना खानेक्रममा अपरिचित युवाहरूले मोबिल फालेर फरार भएको क्यानले विज्ञप्तिमार्फत् जनाएको छ ।

‘जिल्ला क्रिकेट संघ मकवानपुरको आठौँ साधारणसभा र चौथो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमपश्चात् कार्यक्रम सञ्चालन भइरहेको होटलमा खाना खानेक्रममा अपरिचित युवाहरूले उहाँमाथि पछाडिबाट मोबिल फाल्ने प्रयास गरी फरार भएको घटनाप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ क्यानले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

घटनामा संलग्नहरूलाई कानुनको दायरामा ल्याई कारबाही गर्न क्यानले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?