बिषाक्त आहारा खाएर मरेका स्यालको सिनो खाँदा गिद्धकाे मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

चितवन । पुर्वी नवलपरासीमा बिषाक्त सिनो खाएर लोपोन्मुख गिद्ध मरेका छन् ।

कावासोती नगरपालिका-३, केरूङ्गे खोलामा विषाक्त सिनो खाएर तीनवटा गिद्ध मरेका हुन । झन्डै १ दर्जन गिद्ध बिरामी भएका छन् ।

कावासोती-३ को केरूङ्गे खोलामा मरेका तीनवटा स्यालको सिनो खाएका गिद्धहरु मरेको जटायु रेस्टुरेन्टका व्यवस्थापक ईश्वरी चौधरीले बताउनुभयाे । ‘प्रारम्भिक अनुसन्धानअनुसार बिषादी खाएर मरेको स्यालको सिनो खाएका कारण गिद्धहरु मरेको देखिन्छ’ ईश्वरी चौधरीले भन्नुभयाे ।

घरपालुवा जनावरले दुःख दिएपछि विष हालेको खाना वा कुनै आहार किसानले राखेको र सोही बिषाक्त खाना मृतक स्यालले खाएको हुन सक्ने अनुमान गरिएको छ । बिष खाएर मरेको सोही स्यालको मासु खाएर गिद्ध मरेको डिभिजन वन कार्यालय नवलपुर कावासोतीका सहायक वन अधिकृत शिशिर लम्सालले बताउनुभयाे ।

उहाँकाअनुसार बिरामी परेका गिद्धको भने उपचार भईरहेको छ । जंगली जनावरको मासु खाएर गिद्ध मरेको घटना सम्भवतः नेपालमै यो पहिलो भएकाे उहाँले बताउनुभयाे ।

गिद्ध मरेको र बिरामी परेको थाहा पाएपछि गिद्ध संरक्षणमा अभियान थालेका जटायु रेस्टुरेन्टका कर्मचारी, डिभिजन वन कार्यालयका कर्मचारी र जिल्ला प्रहरी कार्यालय नवलपुरका टोली घटनास्थल पुगेका थिए । विषाक्त सिनो खाएर डङ्गर जातको हिमाली गिद्ध मरेको र बिरामी परेको पाइए पछि थप मरेको वा बिरामी भएको हुन सक्ने भन्दै खोजी कार्य जारी राखिएको र सो खोजी कार्य केही दिन लाग्न सक्ने उहाँको भनाइ छ ।

दुई दिनअघि मात्र डङ्गर जातको १० वटा गिद्ध प्रजनन केन्द्रबाट हुर्काएर प्राकृतिक बासस्थान जंगलमा छाडिएको थियो ।

गत वर्ष पनि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा विष खुवाएर मारिएका कुकुरको सिनो खादा ठूलो संख्यामा गिद्धहरु मरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?