रोनाल्डो सम्मिलित अल नासर किङ्स कपको सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पोर्चगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा अभा क्लबलाई ३–१ ले पराजित गर्दैअल नासरले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

मंगलबार राति भएको खेलमा अल नासरको जितमा सामी अल नाजेइ, अब्दुल्लाह अल्खाईवारी र मोहम्मेद मरनले गोल गरेका हुन् । अभाका अब्देल फटाह एडामले एक गोल फर्काएका थिए ।

एमआरसुल पार्क रियादमा भएको खेलको पहिलो मिनेटमा नै सामी अल नाजेईले गोल गर्दै अल नासरलाई १–० को अग्रता लिाएका थिए। २१औं मिनेटमा अब्दुल्लाह अल्खाईवारीले गोल गरेपछि अल नासर पहिलो हाफमा २–० ले अघि बढ्यो ।

४९औं मिनेटमा मोहम्मेद मरनले गोल गरेपछि अल नासर सहज जिततर्फ अग्रसर बन्यो । ६९औं मिनेटमा अब्देल फटाह एडामले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा अल नासर विजयी हुन सफल भयो ।

यस खेलमा ३८ वर्षीय रोनाल्डोले पुरै समय मैदानमा बिताएपनि गोल र असिस्ट प्रदान गर्न सकेनन् । यसै विन्टरमा अल नासर पुगेका रोनाल्डोले क्लबका लागि ९ खेलमा ८ गोल र २ असिस्ट प्रदान गरिसकेका छन् ।

यस नतिजासँगै किङ्स कपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब अल नासरले सेमिफाइनलमा अल वेहेदासँग २४ अप्रिलमा खेल्नेछ भने अल इतिहादले २३ अप्रिलमा अल हिलालसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?