कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै, के छन् एजेन्डा ?

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएको छ । बैठकमा उराष्ट्रपतिको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने हुने बताइएको छ।

यस्तै चितवन-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।

उपराष्ट्रपति चयनका लागि चैत ३ गते बिहान १० बजेदेखि ३ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान हुँदै छ।

उपराष्ट्रपति पदमा दशदलीय गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?