छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सुनसरी, भोजपुर र दाङमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

गुडिरहेको मोटरसाइकलबाट खसेर सुनसरीको बर्जु गाउँपालिका-२ ढट्टाटोलमा एक महिलाको मृत्यु भएका छ । को ७ प ५६५ नम्बरको मोटरसाईकलमा पछाडी सवार सुनसरीकै बर्जु गाउँपालिका ३ बस्ने ३६ बर्षीया चन्द्रकलादेबी राय गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि उनलाई अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलका चालक मृतक महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भोजपुरको रामप्रसाद दराई गाउँपालिका-५ लुगेनी भौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको छ । सोही स्थानका १८ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो ।

बैकुण्ठेबाट मानेभञ्ज्याङ तर्फ आउँदै गरेको ना ३ त ३४५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब डेढसय मिटर तल खसेको अस्थायी प्रहरी चौकी मानेभञ्ज्याङले जनाएको छ ।

दाङको लमही नगरपालिका-९ रिहारमा ट्याक्टरको ट्रलिबाट खसेर एक जनाको मृत्यु भएको छ । रा ७ त २२८६ नम्बरको ट्याक्टरको ट्रलिबाट खसेर गम्भीर घाईते भएका सोही ठाउँका २० वर्षीय करण बर्माको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?