चितवन-२ को उपनिर्वाचनमा उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसले चितवन-२ मा हुन गईरहेको उपनिर्वाचनमा उम्मेदवारको नाम सिफारिस गर्न सबन्धित कमिटिलाई निर्देशन दिएको छ ।

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सो निर्णय गर्दै चितवन जिल्ला समितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको प्रबत्ता प्रकाशशरण महतले जानकारी दिनुभयाे । आगामी वैशाख १० गते हुने उक्त उपनिर्वाचनका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क, ख, ग बमोजिम प्रक्रिया पुर्‍याई ​उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतको फैसाला पछि खारेज भएको चितवन-२ को उपनिर्वाचन आगामी बैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?