तिला गाउँपालिकाको ६ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गरिँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका– ६ लाई बालविवाह मुक्त तथा बालमैत्री वडा घोषणा गरिने भएको छ ।

पालिकाको नौवटा वडामध्ये सो वडालाई बालश्रम मुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नेका लागि अनुगमन समेत गरिएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणाका लागि किर्डाक जुम्ला र पालिकाको संयुक्त साझेदारीमा काम भइरहेको छ । बालविवाह तथा बालमैत्री स्थानीय शासन निर्देशिकाले तोकेका न्यूनतम् सुचकहरुका साथै स्थानीय सरकारले थप गरेका अतिरिक्त सुचकहरु समेत हासिल गर्ने गाउँपालिका लागि परेको अध्यक्ष रोकायाको भनाइ छ ।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै पालिकाको छ नम्बर वडालाई बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नेगरि काम भएको उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।

निर्देशिका बमोजिम बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरूको अवस्था बारे यहाँका स्थानीयवासि,आमा समुह,बालक्लव,युवाक्लव,राजनीतिक दल र सरोकारवाला व्यक्तिसंग अन्तरक्रिया गरिएको छ । उपाध्यक्ष बुढाले भन्नुभयो,“ तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ । बालमैत्री स्थानीय शासन स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न ल्याइएको शासकीय अवधारणा हो । ” बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकांश सूचक पूरा भएकाछन् । यो पालिकाको अन्तिम अनुगमन हो । केही सातापछि बाल विवाह तथा बालमैत्री वडा घोषणा गरिने उपाध्यक्ष बुढाको भनाइ छ ।

बाल विवाह तथा बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष जंगबहादुर रोकायाले बताउनुभयो । हिउँदे गाउँसभाबाट सो वडालाई बाल विवाह मुक्त तथा बालमत्री वडा घोषणा गर्नेका लागि तीन लाख बजेट समेत विनियोजित गरिएको वडाध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

बालविवाहको दरलाई शून्यमा झार्न पनि चुनौती रहेको छ । वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा कार्यालय र किर्डाक जुम्लाको अभियानको साझेदारीमा बाल विवाह मुक्त वडा घोषणाको अन्तिम चरणमा पुगेको वडाध्यक्ष रोकायाको भनाइ छ ।

बाल विवाह मुक्तअभियान,बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप संचालन गरिएको किर्डाक जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले जानकारी दिनुभयो । बालविवाह मुक्तवडा घोषणासँगै कार्यान्वयनको चरणलाई प्राथकिमतामा राखेर काम गर्ने स्थानीय सरकारको काँधमा आएको बाल संरक्षण अधिकृत थापाले बताउनुभयो ।

समग्र गाउँपालिकालाई नै बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्य अनुसार काम गरिने प्रमुख प्रशासकीय अधिकृत महोन बहादुर विष्टले बताउनुभयो । पालिलको वडा नं.६ लाई सबैभन्दा पहिले बाल विवाह तथा बालमैत्री वडाघोषणा गरिने भएको छ । उक्तमा घोडे,रिपी र सुडी गरि तीन गाउँ पर्छन । घरदलौमा पालिका अध्यक्ष,उपाध्यक्ष पुगेपछि सो वडाका स्थानीयवासिले स्वास्थ्य,शिक्षा,संचार र यातायातको समस्याबारे माग राखेका थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?