उपाधिका लागि शेर्पा र चर्च ब्वाइज भिड्दै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

सिमरा । १३ औँ जितपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार हिमालय शेर्पा क्लब र चर्च ब्वाइज भिड्दैछन् । उपाधि भिडन्त शनिबार सिमरा रंगशालामा हुनेछ । साबिक विजेता न्युरोड टिम (एनआरटी)लाई दुई-शून्यले पाखा लगाउँदै चर्च ब्वाइजले फाइनलमा हिमालय शेर्पासँगको भेट पक्का गरेको थियो । शेर्पा मकवानपुर ११ हेटौंडालाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

साबिक विजेता एनआरटीविरुद्ध चर्च ब्वाइजका अफ्रिकी मिडफिल्डर ओउसो बेम्पा र रञ्जित पाण्डेले एक-एक गोल गर्नुभयो । चर्च ब्वाइजका लागि १६औँ मिनेटमा ओउसो बेम्पाले पेनाल्टीमार्फत् अग्रता दिलाउनुभयो । चर्च ब्वाइजका रञ्जित पाण्डेलाई एनआरटीका कप्तान विक्रम धिमालले डिबक्सभित्र फाउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पेनाल्टीको अवसर दिनुभएको थियो । उक्त पेनाल्टीमा बेम्पा चुक्नुभएन ।

खेलको ५३औँ मिनेटमा गोलरक्षक पुजन होनाको गल्तीका कारण एनआरटी दुई-शून्यले पछि पर्‍यो । डिफेन्डर अजय चौधरीको ब्याकपास नियन्त्रणमा लिएर पनि गोलरक्षक पुजनले समयमै क्लियर नगर्दा चर्च ब्वाइजका रञ्जित पाण्डेले बल खोस्दै गोलमा परिणत गर्नुभएको थियो ।

यता, ६ दशकपछि घरेलु टोली विराटनगर सिटीले सातौँ संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । शहीद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई चार-शून्य गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो । २०१९ सालपछि आयोजक मोरङ-११ ले पहिलोपल्ट उपाधि जितेको हो ।

विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपविजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझायो । जितका लागि विराटनगर सिटीका अफिज ओरवा, विमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गर्नुभयो । फाइनलको म्यान अफ दी म्याच विराटनगर सिटीका सुरज बिके घोषित हुनुभयो । उहाँले नगद ११ हजार पाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?