बार्सिलोनाको सानदार जित

Read Time = 3 mins

बार्सिलोना । क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेमाथि चार-शून्यको सानदार जित हात पारेको छ । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा अन्सु फाती र फेरान टोरेसले एक-एक गोल गर्नुभयो । खेलको २०औँ मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता लियो । ५६औँ मिनेटमा अन्सु फातीले दोस्रो र ६६औँ मिनेटमा लेवान्डोस्कीले तेस्रो गोल गर्नुभयो । यस्तै, ७०औँ मिनेटमा फेरान टोरेसले चौथो गोल गर्दै बार्सिलोनालाई चार-शून्यको सहज जित दिलाउनुभयो ।

यस जितसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई १५ अंकले पछि पारेको छ । बार्सिलोनाको २७ खेलबाट ७१ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५६ अंक छ । पराजित इल्चे १३ अंक जोडेर पुछारमा छ ।

यस्तै, बोरुसिया डर्टमुण्डमाथि चार-दुईको जित हात पार्दै बायर्न म्युनिख शीर्षस्थानमा फर्किएको छ । बायर्नको जितमा थोमस मुलरले दुई तथा किङ्सले कोमानले एक गोल गर्नुभयो । डर्टमुण्डका इम्री क्यान र डोनेल मालेनले गोल फर्काउनुभयो ।

खेलको १३औँ मिनेटमा गोलरक्षक ग्रेगर कोवेलको आत्मघाती गोलबाट बायर्नले अग्रता लियो । १८औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पार्नुभयो । २३औँ मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । ५०औँ मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नलाई चार–शून्यले अघि बढाउनुभयो ।

त्यसपछि डर्टमुण्डले दुई गोल फर्कायो । ७२औँ मिनेटमा इम्री क्यानले पेनाल्टीमा र इन्जुरी समयमा डोनेल मालेनले राफयल गुरेइरोको पासमा गोल गर्दै खेललाई चार-दुईको स्थितिमा टुंग्याउनुभयो । जितसँगै शीर्षस्थानमा उक्लिएको बायर्नको २६ खेलबाट ५५ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा झरेको डर्टमुण्डको ५३ अंक छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?