पुप्से च्याम्पियनसिप चैत अन्तिम साता हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चैत अन्तिम साता पहिलो संस्करणको एनटिए खुला पुप्से तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ । नेपाल तेक्वान्दो संघले आइतबार पत्रकार सम्मेलन गरेर च्याम्पियनसिप २९ गते प्रथम एनटिए खुला पुप्से तेक्वान्दो प्रतियोगिता हुने जनाएको छ । खेलकुद विकास ऐन २०७७ मा संघहरुले प्रत्येक वर्ष प्रतियोगिता गर्नु प्रावधान अनुसार च्याम्पियनसिप हुन लागेको हो ।

प्रतियोगिताका लागि संघका उपाध्यक्ष भक्तबहादुुर चन्दको अध्यक्षतामा सात सदस्यीय प्रतियोगिता आयोजना समिति गठन गरिएको छ । समितिको संयोजकमा संघका केन्द्रिय सदस्य बब्लु शिवाकोटी हुनुहुन्छ । च्याम्पियनसिपमा देशभरबाट डोजाङको सिफारिसमा आएका कुनैपनि खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दियो । विभिन्न कुनामा रहेका खेलाडीको प्रतिभा उजागर गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको च्याम्पियनसिपमा सिनियर, जुनियर, क्याडेट र सुपर क्याडेट गरी सात उमेर समूहका ३५ विधामा प्रतिष्पर्धा हुनेछ ।

करिव तीन सय खेलाडीको सहभागिता रहने प्रतियोगिताका लागि नौ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । यस्तै आयोजकले च्याम्पियनसिपको उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टोलीको तयारीमा समावेश गराउने बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?