बेकोको नयाँ वर्ष अफर

Read Time = 2 mins

काठमाडौं । नयाँ वर्षको उमंग, मनाऔँ बेकोसँग भन्ने नाराका साथ युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ । योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामान खरिदमा आकर्षक उपहार प्राप्त गर्न सकिनेछ ।

वासिङ मेसिन र वासर ड्रायर खरिदमा छ केजीको एरिएल म्याटिक वासिङ पाउडर उपहार पाइनेछ भने डिसवासर खरिदमा दुई प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट पाइनेछ । साथै सिंगल डोर रेफ्रिजिरेटरमा आइरन, डबल डोर रेफ्रिजिरेटरमा राइसकुकर र मल्टी डोर रेफ्रिजिरेटरमा एयर फ्रायर उपहार पाइनेछ ।

त्यस्तै, कुकिङ रेन्ज (फ्री स्टाण्डिङ ओभन) खरिदमा फ्राइ प्यान र एयर कण्डिसनर खरिदमा चार हजार रुपैयाँ बराबरको फ्री इन्स्ट्रलेसन पाइने कम्पनीले जनाएको छ ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत् उत्कृष्ट सेवा र अनुभव प्रदान गर्दै आएको छ ।

कम्पनीका सिजी डिजिटल शोरुम काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुरको राधे राधे, गठ्ठाघर, कीर्तिपुर, रविभवन, हात्तीगौंडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धरा, जोरपाटी र काठमाडौंबाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?