गैसस महासंघको जिल्ला नेतृत्वमा अधिकारी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको गैर सरकारी सस्था महासंघ नेपालको नेतृत्वमा सपना अधिकारी थापा सर्वसम्मत चयन हुनु भएको छ ।

गैसस महासङ्घ नेपालको १० औ अधिवेशन तथा २४ औ बार्षिक साधारणसभाबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको निर्वतमान जिल्ला अध्यक्ष बालिन्द्र बिक्रम शाहीले जानकारी दिनु भयो ।

शाहीका अनुसार उपाध्यक्ष बिमल चन्द्र घिमिरे , सचिव चेत नारायण भण्डारी , उप सचिव रन्जित शर्मा, कोषाध्यक्ष प्रमोद कुमार खरवार, सदस्यहरुमा राजन सुवेदी, बच्चा राजभर, किशोर गैरे, शालिकराम पोखरेल, बिन्दु शिह, जिज्ञासा चौधरी, आदित्य कुमार प्रजापति सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?