ग्रेटवालको नयाँ वर्ष अफर

Read Time = 1 min

काठमाडौं । ग्रेटवाल मोटर (जिडब्लुएम)कोे नेपालस्थित आधिकारिक बिक्रेता भिजी इम्पेक्सले नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर सार्वजनिक गरेको छ । नेपालभर १५ दिनसम्म लागू हुने अफरमा खरिद गरिएका जिडब्लुएमका सबै मोडलका गाडीमा पाँच लाख रुपैयाँ बराबरको फाइदा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

जसमा आकर्षक नगद छुट, स्पेशल सेलिबे्रसन डिस्काउन्ट र अन्य आकर्षक अफर मान्य हुनेछ । अफर ग्राहकप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । हरेक जिडब्लुएम गाडी खरिदमा ग्राहकले निःशुल्क एक्सेसोरिजका साथ स्ट्याण्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्ज बोनससाथ तीन वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?