भागबण्डामा असन्तुष्ट कांग्रेस संस्थापन इतर पक्षको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समुहले आफू पक्षको सांसद बैठक बोलाएको छ । पार्टीभित्र मन्त्रालय भागबण्डामा विमति जनाएर मन्त्रीको नाम नपठाएको उक्त समूहले आज सांसदहरूसँग छलफल गर्न लागेको हो ।

शेखर–गगन समूहका एक पदाधिकारीका अनुसार दिउँसो सांसदहरूसँग छलफल गरिने भएपनि समय र स्थान तय भइसकेको छैन ।

कांग्रेसभित्र गुटगत विवादका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सातौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि पूर्णता दिन सक्नुभएको छैन ।

प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ । शेखर-गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपाउने अडान लिएपछि कांग्रेस सभापति देउवा पनि दबाबमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?