१६ वर्ष पुरानो रिचर्ड–शिल्पा चुम्बन घटनाको मुद्दा खारेज

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी एकपटक पुनः चर्चामा आएकी छन् । सन् २००७ मा शिल्पालाई हलिउड अभिनेता रिचर्ड गेरले सार्वजनिक कार्यक्रममा चुम्बन गरेका थिए । जुन घटनाको भारतका विभिन्न स्थानमा विरोध भएको थियो । केहीले यो घटनालाई अश्लील बताउँदै शिल्पामाथि देशको संस्कृतिलाई अपमान गरेको आरोपसमेत लगाए ।

यो घटनालाई लिएर राजस्थानमा रिचर्ड र शिल्पाविरुद्ध आईपीसी र आईटी एक्टको कैयौं धाराअनुसार मुद्दा दर्ता गरिएको थियो । १६ वर्ष पुरानो यो मामलामा अभिनेत्री शिल्पालाई मजिष्ट्रेटले सफाई दिएको छ । मजिस्ट्रेटको आदेशविरुद्ध उजुरी परे पनि मुम्बई सेशन कोर्टले उजुरीलाई खारेज गर्दै शिल्पालाई सफाई दिएको हो ।

मजिस्ट्रेटको आदेशविरुद्ध दर्ता भएको उजुरीलाई एडिसनल सेशन जज एससी जाधवले खारेज गरिदिएका थिए । सन् २००७ को अप्रिल १५ मा राजस्थानमा भएको एड्स जागरुकताका लागि आयोजित सार्वजनिक कार्यक्रममा रिचर्ड विशेष अतिथि बनेर पुगेका थिए । यो कार्यक्रममा उनले शिल्पालाई सार्वजनिक रुपमा नै चुम्बन गरेका थिए ।

यो घटनापछि शिल्पाविरुद्ध राजस्थानमा प्रहरीमा मुद्दा दर्ता भएको थियो । तर सन् २०१७ मा सुप्रिम कोर्टको आदेश अनुसार मुद्धालाई मुम्बई पठाइएको थियो । यद्यपि सन् २०२२ मा शिल्पालाई मजिस्ट्रेट कोर्टले सफाई दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?