धनाढ्यको पहिलो स्थानमा बर्नार्ड

Read Time = 2 mins

एजेन्सी । फोब्र्स पत्रिकाले संसारका सबभन्दा धनाढ्य व्यक्तिहरूको सूची जारी गरेको छ । सूचीको पहिलो स्थानमा फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाउ हुनुहुन्छ । उहाँ र उहाँको परिवारको कुल सम्पत्ति २११ अर्ब डलर छ । विलासी वस्तुहरूको उत्पादन गर्ने एलभीएमएचमार्फ अर्नाउले बेतोड कमाइ गरिरहनु भएको छ ।

इलोन मस्क दोस्रो स्थानमा हुनुहन्छ । उहाँको कुल सम्पत्ति १८० अर्ब डलर छ । टेस्ला र स्पेसएक्समार्फत उहाँले सम्पत्ति जोडनुभएको छ तर उहाँको सम्पत्ति घटबढ भइरहने गरेको छ । पोहोर सालको भन्दा उहाँको सम्पत्ति ३९ अर्ब डलर घटेको छ ।

तेस्रो स्थानमा अमेजनका मालिक जेफ बेजोस हुनुहुन्छ । उहाँको कुल सम्पत्ति ११४ अर्ब डलर छ । अमेजनको स्टकमा ३८ प्रतिशत गिरावटका साथ उहाँ गतसालभन्दा ५७ अर्ब डलर गरिब हुनुभएको छ । यस्तै चौथो स्थानमा ल्यारी एलिसन, पाँचौमा वारेन बफेट, छैटौंमा बिल गेट्स, सातौंमा माइकेल ब्लुमबर्ग, आठौंमा कार्लोस स्लिम हेलु र उहाँको परिवार, नवौंमा मुकेश अम्बानी र दशौं नम्बरमा स्टिभ बाल्मर रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?