सरकारको साझा नीति तथा कार्यक्रम : उच्चस्तरीय प्रशासनिक आयोग बनाउने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको सहभागिता छ । सरकारको साझा नीति तथा कार्यक्रम जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको थियो ।

सरकारले अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक आयोग बनाउने भएको छ । ‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ यस्तो आयोग बनाउने उल्लेख गरिएको छ । जसबाट बोझिलो केन्द्रीकृत संरचनालाई रूपान्तरण हुने र सङ्घीय संरचनालाई चुस्त दुरुस्त बन्ने गठबन्धनको उद्देश्य रहेको छ ।

सरकारले अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक आयोग बनाउने भएको छ ।

विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिवद्ध रहँदै यो कार्यक्रम ल्याएको सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?