निकासी पैठारी संघद्वारा बैंकर्सको ध्यानाकर्षण

Read Time = 4 mins

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल बैंकर्स संघबीच संघको सचिवालयमा बैंकिङ र व्यावसायिक क्षेत्रका समस्याबारे छलफल भएको छ । सो अवसरमा निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठियाले बैंक र व्यवसायी एकअर्काका परिपूरक भएको भन्दैै सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय बैंकले बढी लिएको ब्याज हालसम्म पनि फिर्ता नगरेको गुनासो गर्नुभयो । चालु पुँजी कर्जाका व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्न पनि सेठियाले आग्रह गर्नुभयो ।

ठूला व्यवसायीले सौदाबाजी गरेर कुनै चार्ज नतिर्ने तर सौदाबाजी गर्न नसक्ने मझौला र साना व्यवसायीले भने चार्ज तिरिरहेको व्यवसायीको गुनासो छ । अध्यक्ष सेठियाले भारतीय मुद्रामा व्यापार बढाउनुपर्ने, बैंक ग्यारेन्टीको मिति तोक्नुपर्ने भन्दै चालु पुँजी कर्जा मार्गदर्शनले व्यापार व्यवसायका आकारअनुसार फरक प्रावधान राखे पनि बैंकहरूले सबैलाई एउटै भन्ने गरेको गुनासो गर्नुभयो ।

सो अवसरमा व्यवसायीले मार्जिन कल, कोल्याटरल, चेक बाउन्स, कालोसूची, एलसी कमिसनलगायतका विषय उठाएका थिए । कार्यक्रममा बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुति दिनुभएको थियो । संघका अध्यक्ष सुनिल केसीले नेपाली अर्थतन्त्रको संरचनागत समस्याका एकातिर सुधार्न खोज्दा अर्कोतिर बिग्रने स्थिति रहेको भन्दै संरचनागत परिवर्तनको आवश्यकता औंल्याउनुभयो । अहिलेको अवस्थामा तत्कालै ब्याजदर घट्न सक्ने सम्भावना नरहे पनि स्प्रेडदरका कारण थोरै घट्न सक्ने पनि उहाँले बताउनुभयो । तरलताको समस्या समाधान हुन प्रत्यक्ष विदेशी लगानी आउनुपर्ने, कर्पोरेट क्षेत्रले विदेशबाट रकम ल्याउन सकेमा पनि समस्या समाधानमा सहयोग पुग्ने केसीको भनाइ थियो ।

उहाँले संघतर्फबाट सम्भव हुने विषयमा तत्काल सम्बोधन प्रयास गरिने र व्यवसायीका चासोका विषयको सन्देश नियामक निकाय नेपाल राष्ट्र« बैंकसम्म पु¥याउने आश्वासन दिनुभयो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुनिलकुमार वंशल, प्रथम उपाध्यक्ष शिवकुमार अग्रवाल, प्रथम सचिव गौरव शारडा, कोषाध्यक्ष प्रभातकुमार सर्राफ, कार्यसमिति सदस्य स्वाती रुंगटा अग्रवाल, आकाश गोल्छा, पवनकुमार संचेती, सुमित वंशल, जयन्तकुमार अग्रवाल र सदस्यमा मनिष जैन र सुलभ वंशललगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?