स्वर्णिमप्रति शेखर कोईरालाको कटाक्ष : अवसरवादीहरुबाट जोगिनुहोस्

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद डा. शेखर कोईरालाले अवसरवादीहरुबाट जोगिन आग्रह गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ को उपनिर्वाचनमा उम्मेदवार बन्नुभएका डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै यस्तो कटाक्ष गर्नुभएको हो । उहाँले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरु सावधान हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सावधान है एउटा कुरा, अवसरवादीहरुबाट जोगिनुहोला । अवसरवादीहरुबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईहरु पनि सवधान हुनुस्, मैले भन्ने यति हो ।

नेता कोईरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न गर्नपनि शुभकामना व्यक्त गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?