बर्नले प्रिमियर लिगमा बढुवा

Read Time = 2 mins

लण्डन । बर्नले इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । रेलिगेसनमा परेको एक सिजनपछि नै बर्नलेले शीर्ष डिभिजनमा स्थान बनाएको हो । च्याम्पियनसिपमा मिडल्सबर्गलाई २-१ ले पराजित गर्दै बर्नलेले आगामी सिजनका लागि प्रिमियर लिगमा स्थान पक्का गरेको हो ।
शुक्रबार राती भएको खेलमा बर्नलेको जितमा एस्ले बार्नेस र कोनर रोबर्ट्सले एक-एक गोल गर्नुभयो । घरेलु टोली मिडल्सबर्गका चुवा अकपोमले एक गोल फर्काउनुभयो । खेलको १२औँ मिनेटमा एस्ले बार्नेसको गोलबाट बर्नलेले १-० को अग्रता लियो ।

४८औँ मिनेटमा चुवाले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । ६६औँ मिनेटमा कोनर रोबर्ट्सले नाथन टेलाको पासमा गोल गर्दै बर्नलेको जित पक्का गर्नुभयो । उक्त जितसँगै अघिल्लो सिजनमा लिगको १८औँ स्थानमा रहँदै रेलिगेसनमा परेको बर्नलेले प्रिमियर लिगमा स्थान पक्का गरेको हो ।

भिन्सेन्ट कोम्पनीको प्रशिक्षकत्वमा बर्नले प्रिमियर लिगमा बढुवा भएको हो । गत नोभेम्बरदेखि च्याम्पियनसिपमा अपराजित रहेको बर्नले अक्टोबरदेखि शीर्षस्थानमा उक्लँदै त्यसलाई निरन्तरता दिँदै आएको छ । अब ७ खेलबाट १३ अंक जोड्न सके बर्नले सन् २०१३-१४ को सिजनमा लेस्टर सिटीले पुर्‍याएको १०० अंकको कीर्तिमानलाई भेट्नेछ । बर्नले दोस्रो स्थानको सेफिल्ड युनाइटेडभन्दा ११ अंकले अघि छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?