आगलागीले घर पुर्णरूपमा नष्ट

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुरको पुर्वी अरूण गाउँपालिकाको याकुमा शनिवार लागेको आगोले एक घर सहित नगद र गरगहना जलेर नष्ट भएको छ ।

अरूण गाउँपालिका वडा नम्बर ५, लुकुवा बस्ने चिरञ्जीवी खडकाको घरमा भएको आगलागीबाट घर पुर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिनुभयो ।

धुप बाल्ने क्रममा आगो लागि हुदाँ ढुङगा माटो र काठले बनेको २ तले खरको छानो भएको घरको माथिल्लो तला पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेको नगद दुई लाख तीस हजार, तीन तोला सुन, ४५ मुरी धान, अन्नपात ,भाडाबर्तन, लत्ताकपडा र घर भित्र रहेको अन्य सामग्री नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?