‘फ्रम भक्तपुर टु कान्तिपुर’ कला प्रदर्शनी

Read Time = 2 mins

काठमाडौं । भक्तपुरको परिचय मौलिक कला तथा संस्कृति नगरीको रूपमा रहेको छ । यहाँका सम्पदा, संस्कृति, परम्परा हेर्न विश्वबाट मानिस आइपुग्छन् । यहाँका यिनै विविध पक्षहरूलाई समेटेर कलाकारले तयार पारेका तथा अन्य समसामयिक कलाको प्रदर्शनी बुधबारबाट बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ ।

‘फ्रम भक्तपुर टु कान्तिपुर’ नाम दिइएको यस प्रदर्शनीमा परम्परागत कलाका ५० सहित समसामयिक कलाका कलाकृति पनि राखिएका छन् । प्रदर्शनीमा परम्परागत कलाकार पूर्ण हृयोजु, सुन्दर सिंख्वाल, रत्नगोपाल सिंख्वाल, हरिप्रसाद वैद्य, बलराम निसुतु, कृष्णराम घेमसु, रविन्द्र मुनकर्मी, पुरण हृयोजु, महेन्द्र सिंख्वाल, देवेन्द्र सिंख्वाल, इन्द्र सिंख्वाल, शशिधर सैंजु, रजनी सिंख्वाल, रोजिना सिंख्वाल, रामहरी सिंख्वाल, चन्द्रकृष्ण किजु, श्यामसुन्दर ख्याजु, सुन्दर श्रेष्ठ, मुना ग्वाचा, रोशन ख्याजु, राजन साँगछें, शिवप्रसाद किजु, सुवेन्द्र लोहला, अजय कर्माचार्य, दिनेश सिंख्वाल, मृगेन्द्र कर्माचार्य, मनोज सिंख्वाल र अनु बोहजुको सहभागिता रहेको छ ।

त्यस्तै, समसामयिक कलाअन्तर्गत बालकृष्ण बनमाला, लक्ष्मण कर्माचार्य, सुदीप बल्ल, नारायण बोहजु, भुषण दुवाल, राकेश याकामी, मिनोद भैल, आशुराम खाइजु, मुकेश श्रेष्ठ, रविता किसी र एञ्जिला मानन्धरले प्रदर्शनीमा सहभागिता जनाएका छन् । प्रदर्शनी जेठ ५ गतेसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?