ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

-सरोज निरौला

उदयपुर । उदयपुरको गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । आईतवार विहान त्रियुगा नगरपालिका-११ स्थित मुख्यचोकको पश्चिम दिसा पर्ने चौकमा प्रदेश नं.१-०५-००१ प.६१५९ नम्बरको मोटरसाईकललाई पश्चिम तर्फबाट आउँदै गरेको मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक तीव्रगतिमा आएका कारण सडकको छेउको बारसमेत भत्काएर मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षर्शीले बताएका छन् । मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुर पठाएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?