तान्जानियामा बाढीका कारण दुई हजार मानिस घरबारविहीन

Read Time = 1 min

दार एस सलाम । दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढीका कारण करिब दुई हजार जनता घरबारविहीन भएका सरकारी अधिकारीले बताएका छन् । देशको दक्षिणी क्षेत्र मटवारामा जारी भारी वर्षासँगै आएको बाढीबाट एक हजार ८ सय मानिस घरबारविहीन भएका मिटवाराका क्षेत्रीय आयुक्त अहमद अब्बासले बताएका छन् । पीडितहरू सबैका घर डुवानमा परेको जनाउँदै उनले रुबु नदीमा पानीको सतह अझ बढिरहेकाले थप क्षतिको आशंका गरेका छन् ।

प्राथमिक विद्यालयका भवनमा बाढीपीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको जानकारी दिँदै क्षेत्रीय आयुक्त अब्बासले त्रिपालका साथै खाद्य सहयोग गरिएको बताएका छन् । एक सय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको मकै र आलु बाढीले नष्ट भएको छ । बाढीबाट भएको क्षतिको मूल्यांकन भइरहेको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?