उपाधिका लागि संकटा र भुटनीज भिड्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज (शनिबार) संकटा क्लब र अमेरिकाको भुटानी युथ स्पोर्ट्स खेल्दैछन् ।

पोखरा रंगशालामा यी दुई टोलीबीचको खेल दिउँसो साढे १ बजे सुरू हुनेछ ।

संकटा क्लब त्रिभुवन आर्मी र साविक विजेता एपीएफलाई हराउँदै तथा भुटानिज युथ मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजलाई हराउँदै फाइनलमा पुगेको हो ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?