आजदेखि वल्र्ड ट्रेड सेन्टरमा तीज मेला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा बुधबारदेखि तीज मेला आयोजना हुने भएको छ । सेन्टरको चौथो तलामा डिइसिसी नेपालले तीज मेला गर्ने भएकोे हो ।

विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौँ संस्करण आयोजना गर्न लागिएको डिइसिसी नेपालका प्रबन्ध निर्देशक मनोज गुरुङले जानकारी दिनुभयो । यसपटकको मेलालाई एएस इभेन्ट्स एण्ड मार्केटिङले प्रवद्र्धन तथा व्यवस्थापन गरेको छ । भदौ १० गतेसम्म सञ्चालन हुने मेलामा सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलालाई एकै स्थानमा दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्न मेलाको आयोजना गरिएको डिइसिसीका प्रबन्ध निर्देशक गुरुङले बताउनुभएको छ ।

मेलामा लत्ता कपडा, कस्मेटिक, चुरापोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनि खरिद गर्न सकिने एएस मार्केटिङका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताउनुभयो । आयोजकका अनुसार मेलामा कोकाकोला, वुका, सन डाउन बाइ कर्मा, स्याङ्को, एक्सप्रेस थकाली, शिवशक्ति फेसन, भेस्पर वाइनलगायतका ब्राण्डले सहकार्य गरेका छन् । मेला अवलोकनकर्तालाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?