३३ पोखरी परिक्रमा पदयात्रा हुने

Read Time = 2 mins

भक्तपुर । भक्तपुर टुर्सले काठमाडौं उपत्यकाका पोखरीहरूको संरक्षणका साथै सुस्ताएको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ३३ पोखरी परिक्रमा पदयात्रा आयोजना गर्ने भएको छ । ३३ पोखरी पदयात्रा परिक्रमा समितिले वैशाख १ गते आयोजना गर्ने उक्त कार्यक्रममा सहभागिताका लागि आहृवान गरेको छ ।

पदयात्रा भक्तपुरको माहेश्वरी मन्दिरबाट सुरु हुने बताइएको छ । पदयात्रामा सहभागिताका लागि एक हजार शुल्क लाग्नेछ भने पदयात्रासँगै क्यालेण्डर मेलासमेत आयोजना हुनेछ । क्यालेण्डर मेलामा आफ्नो क्यालेण्डर प्रदर्शनी गर्न पाइनेछ । क्यालेण्डर मेला तथा पदयात्राका लागि चैत ३० गतेसम्म बुकिङ गरिसक्नुपर्ने पनि आयोजकले जनाएको छ ।

पछिल्लो समय पोखरीसमेत सपिङ मललगायतका भवनमा रूपान्तरण भएका छन् । जसका कारण पानी संकट गहिरिँदै गएको छ । पर्याप्त पानीका लागि पोखरी बनाउन अति आवश्यक छ । तर, पोखरीहरू हाल भक्तपुरमा मात्र संरक्षण भएको देखिएको छ । पानीको प्राकृतिक व्यवस्थापनका लागि बनाइएका पोखरीले शहरी सौन्दर्य थपेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?