कैलालीमा जिप दुर्घटना, एक जनाको मृत्यु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । कैलालीमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चुरे गाउँपालिकाको–६ भिमदत्त राजमार्ग अन्र्तगत फल्टुँडेमा जिप दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय भानु ठकुन्नाको निधन भएको हो ।

मेलकट्टेश्वर मावि चुरे–६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर निधन भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा वर्ष १७ का हरिश धामी, वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन। घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यलय फलटुडेका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फकिरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन् ।

जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडि दुर्घटना भएको खुलेको छ । गाडि चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?