युवा संघको राष्ट्रिय महाधिवेसन आजबाट, अध्यक्ष ओलीले उदघाटन गर्ने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने सो महाधिवेसन २९ गतेसम्म दुई दिन चल्नेछ ।

नेपालगञ्जमा हुने महाधिवेसनको उदघाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महाधिवेसनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?