भोजपुर । नेपाल सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास-स्वीस इन्टरको अपरेशनसकोप्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा संचालित “सुरक्षित आप्रवासन ‘सामी’ ” परियोजना प्रभावकारी बन्दै गएको छ ।
वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई व्यवसायिक सीप तालिम दिलाउने,वैदेशिक रोजगारीले ल्याएको सामाजिक लागतकम गर्दै लैजाने क्रममा मनोसामाजिक परामर्श सेवाउपलब्ध गराउने,आप्रवासी कामदारसञ्जालको गठन तथाकार्यक्षमताअभिवृद्धि गर्ने,सम्बद्ध सरकारी निकायहरु, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र वैदेशिक रोजगार न्यायाधिकरणको कार्यक्षमतामा थप अभिवृद्धिका लागि सहयोग पुर्याउने परियोजनाका मुख्य प्रावधान हुन ।
सामी कार्यक्रम भोजपुरका कार्यक्रम संयोजक कर्ण पुलामीकाअनुसार सुरक्षित आप्रवासन कार्यक्रम (सामी) भोजपुरले बैदेशिक रोजगारीमा जाने क्रममा, गन्तव्य मुलुकमा पुगेपछि कार्यक्षेत्रमा, कामदारको मृत्युपछि लगायत विभिन्न क्षेत्रहरुबाट उद्धार तथा राहत वापत गरी करिब ४ करोड भन्दा बढी रकम फिर्ता गरेको छ ।
सामीले हालसम्म विमा बोर्ड, कन्सुलर सेवा विभाग मार्फत जिल्ला प्रशासन कार्यालयमा आएको रकम पिडितहरुलाई उपलब्ध गराएको र सो रकम कुल रु चार करोड ७६ लाख ९९ हजार रहेको कार्यक्रम संयोजक पुलामीले बताउनुभयो ।
कामको सिलसिलामा विदेश जाने, कामको प्रकृति फरक पारिदिने, कामदारको विदेशमै मृत्यु हुने, आवश्यक प्रक्रिया, सिप, तालिम नदिई विदेश जानेहरुलाई उद्धार गरी सम्बन्धित व्यक्ति तथा परिवारलाई उक्त रकम हस्तान्तरण भएको हो । बर्षिक पाँच हजार बढीले पार्सपोर्ट लिएको,आवश्यक सूचना, तालिम तथा सिप नलिई विदेश गएको, आफन्त तथा साथीभाइको लैलैमा विदेश जाँदा फसेको, विचौलियाका कारण उद्धार तथा राहतमा समस्या भएको लगायत समस्याहरु देखिने गरेको कार्यक्रमको तथ्यांकमा उल्लेख छ ।
मनोसामाजिक परामर्श तथा वित्तिय साक्षरता कक्षाहरुबाट दिएको ज्ञान प्रभावकारी देखिएको सामी परियोजना खोटाङ तथा भोजपुर कार्यक्रम अधिकृत उमा पौडेलले बताउनुभयो । बैदेशीक रोजगारमा गएका घरपरिवारका सदस्यहरुलाई मनोसमस्यामा परेका करिब ८० जनालाई परामर्श सेवा दिईएको साथै चार सय भन्दा बढी सदस्यहरुलाई वित्तिय ज्ञान प्रदान गरिएको अधिकृत पौडेलको भनाई रहेको छ ।
श्रम शोषण, मानव बेचविखन, अशिक्षा तथा चेतना स्तर कम हुदाँ रोजगारमा ठगिनेहरुको संख्या बढी देखिने गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरद कुमार थापा क्षेत्रीको धारणा रहेकोछ । प्रहरी प्रमुख थापा क्षेत्रीले भन्नुभयो, “बैदेशिक रोजगारीकै कारण अहिले पनि ठगी, उद्धार, आर्थिक हिनामिना, पारिवारीक विचलन सम्वन्धी मुद्धाहरु प्रहरीमा पनि आउने गरेका छन ।”
सामी कार्यक्रम हाल जिल्लाको भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकामा संचालनमा रहदै आएको छ ।
वैदेशिक रोजगारीमा गएकाहरुलाई राहत र उद्धारका साथै पिडितलाई न्याय र राज्यको तर्फबाट थप प्रभावकारी रणनीतिको खाँचो रहेको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताउनुभयो । प्रजिअ घिमिरेले रोजगारीमा जानेहरुलाई सुरक्षित बनाउने कार्यमा सामी कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो ।
स्थानीय सरकारले स्थानीय श्रोत साधनको अधिकतम उपयोग गरी साना तथा घरेलु उद्यम, तरकारी खेती, पशुपालन, कृषि लगायत क्षेत्रमा गुरु योजना सहित काम गर्न आवश्यक रहेको भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले बताउनुभयो ।
बैदेशिक रोजगरीबाट फर्किएका गाउँ तथा नगर क्षेत्रभित्रका युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न सिप तथा तालिमको व्यवस्था, किसान क्रेडिट कार्ड मार्फत विनाधितो क्रणको व्यवस्था, कृषिमा अनुदान, कृषि जोन निर्धारण, चिस्यान केन्द्र निमार्ण, तरकारी, फलफुलको पकेट क्षेत्र निर्धारणलगायतका कार्यक्रम प्रभावकारी बनाईनु पर्ने नगर प्रमुख आलेको भनाई रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच