स्थानीय तहलाई सिंहदरवार आउनुपर्ने बाध्यताको अन्त्य गरियोस् : महामन्त्री थापा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहका प्रतिनिधि काम गराउन सिंहदरवार धाउनुपर्ने बाध्यता हटाउन माग गर्नुभएकाे छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले देशभरका स्थानीय तहलाई काम गर्न सिंहदरवारर धाउनुपर्ने बाध्यता तत्काल अन्त्य गर्नुपर्ने बताउनुभयाे ।

काठमाडौं महानगरपालिकाले सिंहदरवारसहितको स्थानको फोहोर उठाउन छाडेको घटनालाई लिएर उहाँले स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न सक्ने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयाे । यसका लागि प्रधानमन्त्री आफैँँले तत्काल पहल गर्नुपर्ने सांसद थापाको माग छ ।

स्थानीय तहलाई काम गर्न सक्ने वातावरण बनाउन आवश्यक पर्ने कानुन बनाउन आफूहरु तयार रहेको भन्दै उहाँले यसका लागि प्रस्ताव ल्याउन सरकारलाई आग्रह गर्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?