वाणिज्य बैंक दिक्तेलमा भुक्तानी लिन घण्टौ कुर्नुपर्ने बाध्यता

तस्वीर : राष्ट्रिय वाणिज्य बैंकको मुख्यद्धारमा बच्चा सुताउँदै पालो कुर्दै सेवाग्राही।

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । राष्ट्रिय वाणिज्य बैंक दिक्तेलले टोकन सिस्टम बनाएर सेवा प्रवाह कछुवा गतिमा दिँदा भुक्तानी लिन र बचत गर्न घण्टौ कुर्नुपर्ने बाध्यता छ ।

जिल्ला प्रहरी कार्यालय नजिकबाट २० माघमा सल्लेरी टोलमा भाडाकै घरमा सरेको बैंकले टोकन सिस्टम लागू गरेको हो । बैंकले टोकन लागू गरेता पनि धीमा गतिमा सेवा प्रवाह गर्दा पैसा लिन र जम्मा गर्नलाई कम्तीमा दुई घण्टा बढी कुर्नुपर्ने बाध्यता रहेको भुक्तभोगीहरु बताउँछन् ।

आईतबार बिहान १०ः३९ मा लिईएको टोकनको काम मध्यान्ह १२ः४७ मा मात्रै भएको सेवाग्राहीले गुनासो गरेका छन् । त्यसरी लामो समयसम्म बस्नुपर्दा बैंकमा प्रशस्त मात्रामा बस्ने ठाउँ नभएको, अव्यवस्थित भिड हुने गरेको र समयको बर्वादी भएको बताएका छन् ।

बैंकको धीमा गतिले सञ्चारकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सवारी चाकलले घण्टौ समय बैंकमै गुमाउनु परेको छ भने ज्येष्ठ नागरिक, महिला, असक्तहरुले पाउनुसम्मको सास्ती पाईरहेका छन् ।

केही मात्रामा टोकनको समेत दुरुपयोग हुने गरेको देखिएको छ । बैंक आसपासका व्यक्तिहरुले टोकन लिएर राख्ने र चिनजानकालाई दिदां अघि आउने सेवाग्राही नै पछि परिरहेको देखिन्छ ।

ज्येष्ठ नागरिक, महिला र अपांगले पनि घण्टौ कुर्नुपर्ने

ज्येष्ठ नागरिक, महिला, अपांगलाई बेग्लै भुक्तानी दिने व्यवस्था बैंकमा देखिन्दैन । त्यसो हुँदा बुढाबुढी, बच्चासहित आएका आमाहरु, अपांग पनि अन्य सरह नै घण्टौ कुर्न बाध्य छन् । बैंकले दुई र तीन नम्बर काउण्टरमार्फत भुक्तानी र बचत तथा एक नम्बर काउण्टरबाट राजस्व र टोकनको भुक्तानी र बचत गर्दै आएको छ ।
एक/दुई दिनमा समस्या सुधार हुन्छ

बैंकको सेवा प्रवाह तुलनात्मक रुपमा ढिला नै भईरहेको प्रवन्धक काजी बस्नेत स्वीकार गर्नुहुन्छ । नयाँ जनशक्ति आएकाले तुलनात्मक रुपमा केही ढिला भएको र त्यो एकदुई दिनमा सुधार हुने बस्नेतले आस्वसन दिनुभएको छ ।
बुढाबुढीलाई टोकन अनिवार्य नगरिएकोे, असक्त अपांगलाई अलग्गै नगद सहायकको काउण्टरबाट झुक्तानी दिने गरेको उहाँको भनाई छ ।

आमाहरु, बुढाबुढी भएकाहरु बाटाबाटै बसे भने चाँही हामीलाई थाहा हुदैन । उहाँहरुले सम्पर्क राख्नुपर्छ । खोजेर त संम्भव हुन्न । असक्त छु भन्दै म कहाँ आउनुभयो भने चेक खर्च गरेर नगद सहायकको काउण्टरबाट छुट्टै दिने गरेका छौ, दिन्छौ ।

छैन पार्किङ व्यवस्था

सडक पहुँच र यातायातका साधन बढेसँगै वाणिज्य बैंकमा आउने सेवाग्राहीलाई पार्किङको समस्या छ । सेवाग्राहीले अहिले बैंक अगाडीको सडकनै ढाकेर पार्किङ गर्नुपर्ने बाध्यता छ । जसका कारण दुर्घट्ना हुने संम्भवान बढेको देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?