बझाङमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सुरेश धामी

बझाङ। जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित बाहुँलीगाड किनारमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ।

बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनाल सहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ। उक्त स्थानमा प्रहरी टोली खटाई शव फाल्नेको खोजी भैरहेको प्रहरीको भनाई छ।

शिशुलाई कस्ले फालेको हो भन्ने कुरा पत्ता नलागेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?