थप सेवा सुविधा नदिएको भन्दै उप प्रमुखद्धारा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालावन्दी

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा उप प्रमुखले प्रमुख प्रशासकीय अधिकृतको कार्याकक्षमा तालावन्दी गर्नु भएको छ ।

सोमबार दिउँसो मधुवन नगरपालिकाका उप प्रमुख अनिता चौधरीले आफुलाई गाडि प्रयोग गर्न नदिएको भन्दै प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालवन्दी गरेको बताइएको छ ।

विदामा रहनु भएका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले आफु विदामा भएको हुनाले तालावन्दीको विषयमा थाहा नभएको बताउनु भयो ।

आफनो अनुकुलको काम नगरेको गाडि प्रयोग गर्न नदिएको भन्दै प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालावन्दी गरिएको भन्दै नगरपालिका बम कर्मचारीले संयुक्त विज्ञप्ति प्रकाशित गरी उक्त तालावन्दिको घोर भत्र्सना गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत विदामा वसेको बेला उप प्रमुख अनिता चौधरीले कार्यकक्षमा तालावन्दि गरेको भन्दै यसले समाजमा नकारात्मक सन्देश जाने भन्दै स्थानिय सरकारको जिम्मेवार जनप्रतिधिबाट कानुनले प्दान नगरेको सुविधा सम्वन्धि विषयलाई लिएर कार्यालय प्रमुखसंग भएको विवादको परिणाम स्वरुप नगरपालिकाको कार्यालयको प्रमुखको कार्यकक्षमा लगाइएको ताला अविलम्ब खोल्नु हुन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

साथै सर्वाङ्गगीन विकास गर्ने तथा सुन्दर नगरपालिका बनाउने कार्यमा सम्पुर्ण जन प्रतिनिधि र कर्मचारीको सौहार्दपुर्ण वातावरण आवश्यक पर्ने भएकोले अनावश्यक दवाव तथा बलमिचाई नगरी अनुकुल वातावरण तयार गरी कार्यगर्ने वातावरण उपलव्ध गराइदिन आग्रह गरिएको छ ।

नगरपालिका स्रोतका अनुसार उप प्रमुख अनिता चौधरीले नियम विपरित दोहोरो सेवा सुविधा दिन कर्मचारीले आनकानी गरेपछि कर्मचारी प्रति पनि संकाको नजरले हेर्ने गरेको बताइएको छ । पालिकाले दिने र पाउने सेवा सुविधा भन्दा थप दिन नसक्ने भएपछि तालावन्दिको अवस्था आएको बताइएको छ । उप प्रमुख अनिता चौधरीले आफुले अनुगमनका लागी गाडि मागेको र आफनो घर टाढा भएको हुँदा कार्यालयले पहिले पनि दिदै आएको क्वाटरको व्यवस्था गर्न आफुले माग गरेको तर गाडि नपाएको भन्दै आफुले तालावन्दि गरेको हिमालय टाईम्सलाई बताउनु भयो ।

साथै उहााले महिला भएकै कारण आफुलाई हेपेको आरोप समेत लगाउनु भएको छ । सेवाको रुपमा उप प्रमुख अनिता चौधरीले मधुवन बजारमा कार्यालयले सुविधा सहितको क्वाटरको व्यवस्था गरिदिएको छ । अहिले उप प्रमुखले सेवा सुविधा वापत मासिक ४० हजार रुपैया बुझदै आउनु भएको छ । यता प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले आफु विदामा भएको बेला आफनै कार्यकक्षमा तालावन्दि आवश्यक नभएको भन्दै उप प्रमुखले पाउनु पर्ने सेवा सुविधा पाइरहेको बताउनु भयो ।

पालिकाले पालिकामा वसोवास गर्ने नागरिकले अपन्वत्व महसुस गर्ने खालको कार्यसम्पादन आजको आवश्यकता भएको हुँदा त्यहि अनुसार कर्मचारी र जन प्रतिनिधिको समन्वय हुन आवश्यक भएको उहाको भनाई रहेको छ । दिउँसो लगाइएको ताला करिब २ घन्टा पछि खोलिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?