कप्तान रोहित पौडेल सम्मानित

हिमालय टाइम्स
Read Time = 1 min

नेपालगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल नेपालगञ्जमा नगदसहित सम्मानित हुनुभएको छ । पौडेललाई केपी ओली युवा पुरस्कारबाट सम्मानित गरिएको हो ।

पौडेललाई एक लाख नगदसहित सम्मान गरिएको थियो । नेपालगञ्जमा जारी राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई सम्मान गर्नुभएको हो ।

गत महिना रोहितको कप्तानीमा नेपालले १२ एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई)मा ११ मा जित हासिल गरी जिम्बाबेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?