बलियो नेपाल कपको उपाधि स्टारलाई

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । अन्तर एकेडेमी टी-२० क्रिकेट प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा स्टार क्रिकेट एकेडेमीले कर्णाली एकेडेमीलाई सात विकेटले हराउँदै बलियो नेपाल कप २०२३ को उपाधि जितेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै केवल ७२ रन बनाउन सफल रहृयो । कर्णालीका विराट भण्डारीले २७ बलमा सर्वाधिक १५ रन बनाउनुभयो । रोशनले व्यक्तिगत १० रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सक्नुभएन ।

स्टारका लागि सुमित पराजुलीले आफ्नो व्यक्तिगत चार ओभरमा १७ रन खर्चिंदै तीन विकेट लिनुभयो । त्यस्तै, शुभम खनालले दुई तथा कप्तान अमर मिश्र, निर्मल गुरुङ र महेशले समान एक विकेट लिनुभयो ।

७३ रनको लक्ष्य पछ्याउँंदै जवाफी ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले उक्त लक्ष्य केवल ९.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाउनुभयो । यस्तै, कप्तान अमर मिश्रले केवल नौ बलमा २२ रन बनाउनुभयो । विशालले आठ रन र अंकितले अविजित १५ रन बनाउनुभयो । स्टारका लागि विक्रम सिंहले चौका प्रहार गर्दै खेलमा जित निकाल्न सफल रहनुभयो । बलिङतर्फ भने कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान एक-एक विकेट लिन सफल रहनुभयो ।

फाइनल खेलको प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल चुनिनुभएको थियो । यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटर विराट सिंह भण्डारी र प्लेयर अफ द सिरिजका रूपमा स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र पुरस्कृत हुनुभयो ।

समापन समारोहको प्रमुख आतिथ्यता सांसद सोविता भण्डारीले गर्नुभएको थियो । प्रतियोगिताको विजेता टोलीले जनही पचास हजार तथा उपविजेता टोलीले पच्चीस हजार प्राप्त गरे । यस्तै, उत्कृष्ट ब्याटर र बलरले समान सात हजार तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

साथै, बलियो नेपाल न्युट्रिसन इनिसियटिभले गण्डकी प्रदेशका खेलाडीहरू, सिनियर राष्ट्रिय टिमका करण केसी तथा यू-१९ टिमका अर्जुन कुमाल र सुवास भण्डारीलाई पछिल्लो खेल प्रदर्शन तथा देशलाई महत्वपूर्ण प्रतियोगिता जिताउँंदै उच्च नाम राख्न सफल भएकोमा नगद पुरस्कारसहित सम्मान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?