दुर्गा प्रसाई नेतृत्वको आन्दोलनको बीचमा श्रीनिवास गुरुलाई प्रहरीले पक्राउ गरी थुनामा राखे । जेलभित्र हुनुपर्ने सत्तामा छन्, जेलबाहिर हुनुपर्ने भित्र । २०४७ सालदेखि यता गिरिजादेखि पुष्पकमलसम्म आउँदा सबै प्रधानमन्त्री भ्रष्ट नै निस्के अपवादको रूपमा किसुनजी र मनमोहन अधिकारी रहे । भ्रष्टहरू नै भ्रष्टाचारको विरोधमा बोलिरहँदा लाजसरम लाग्नुपर्ने हो तर लज्जाहीनहरूलाई लाज नै लाजदेखि लजाउँछ । धमिजादेखि अहिलेसम्मको नया काण्ड एनसेल बिक्री काण्डमा भएको भ्रष्टाचारको विरोध भएपछि छानविन समिति गठन गरिएको छ जसको अध्यक्ष टंकमणि शर्मा जो महालेखा परीक्षक हुँदा एनसेलको पक्षमा काम गरे, ५५औं प्रतिवेदन पेश गर्दा एनसेलको विवरण हटाए । उनलाई नै छानविन समितिको अध्यक्ष बनाएका छन्, नतिजा कस्तो आउँछ जगजाहेर छ ।
अहिले एनसेलमा मलेशियन कम्पनी आजियाटाको स्वामित्वमा रहेको असी प्रतिशत शेयर बेलायतमा एक पाउण्डमा दर्ता गरिएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरिएको छ जसले गर्दा सरकारलाई अर्बौं रुपैयाँको कर घाटा भएको छ । एक अर्ब छत्तीस करोड पचास लाख अमेरिकी डलरको शेयर जम्मा पाँच करोड डलरमा बेचिएको छ जसले गर्दा राज्यकोषमा आउने साठी अर्बभन्दा बढी करबाट राज्य वञ्चित हुनेछ । यो भ्रष्टाचार काण्ड दाहाल एक्लैले गरेका छैनन्, यसमा तीन शीर्ष नेताहरूको सहमति भएको छ । त्यसैले तीनैजना चूप छन् । यी भ्रष्टाचारी जेलमा हुनुपर्नेमा जनताको जायज मागहरूका लागि आन्दोलन गर्ने आन्दोलनकारी जसमा साधुसन्त पनि छन् तिनलाई समेत गिरफ्तार गरिएको छ ।
करपात्री महाराजको श्राप लागेर इन्दिरा गान्धीको हत्या गोपाष्टमीकै दिनमा भएको थियो । करपात्री महाराजको श्रापकै कारण उनका पुत्र सञ्जय गान्धी र राजीव गान्धीको अकाल मृत्यु भयो । सञ्जयको प्लेन दुर्घटनामा र राजीवको लिट्टेले हत्या गरे । आज इण्डियामा कांग्रेस आईको अवस्था नाजुक छ ।
इन्दिरा गान्धी इण्डियाको प्रधानमन्त्री हुँदा आफू र आफ्नो दललाई जिताउन सहयोग गर्न करपात्री महाराजलाई अनुरोध गरेकी थिइन्् । करपात्री महाराजले गोहत्या बन्द गर्ने शर्तमा इन्दिरालाई चुनावमा सहयोग गरेर जिताएका थिए । तर, उनी प्रधानमन्त्री भएपछि पटक पटक करपात्री महाराजले गोहत्या बन्द गर्नभन्दा उनले नमानेपछि हजारौंको संख्यामा साधुसन्त, महन्तहरूले संसद् भवनअगाडि सन् १९६६ नोभेम्बर ७ तारिखमा आन्दोलन गर्दा इन्दिरा गान्धीको आदेशमा नरसंहार गरियो । सयौं साधुसन्तको हत्या भयो, सयौं घाइते भए । घाइते र मृतकहरूलाई उठाउँदै करपात्री महाराजले उनलाई श्राप दिएर भनेका थिए, ‘मलाई यस कुराको दुःख छैन कि तैंले निर्दोष साधुहरूको हत्या गरिस्, बरु तैंले गोहत्या गर्नेहरूलाई छुट दिएर पाप गरिस्, गोपाष्टमीको दिनमै तेरो वंशको नाश हुनेछ ।’
साधुहरूको हत्या गोपाष्टमीकै दिनमा भएको थियो । करपात्री महाराजको श्राप लाग्यो, इन्दिरा गान्धीको हत्या गोपाष्टमीकै दिनमा भएको थियो । करपात्री महाराजको श्रापकै कारण उनका पुत्र सञ्जय गान्धी र राजीव गान्धीको अकाल मृत्यु भयो । सञ्जयको प्लेन दुर्घटनामा र राजीवको लिट्टेले हत्या गरे । आज इण्डियामा कांग्रेसजस्तो बलियो पार्टीको अवस्था नाजुक छ, संसदमा प्रमुख प्रतिपक्षको भूमिका समेत पाएन । साधु सन्तले यदि मन रोएर हृदयदेखि नै श्राप दिए श्राप लाग्छ । सच्चा साधुसन्त र ब्राहृमणभित्र दुर्वासा पनि हुन्छन्, दधिचि पनि बसेका हुन्छन् । सत्ताको आडमा देशप्रति घात गर्ने यी अपराधीहरूको पनि नाश एकदिन अवश्य हुनेछ ।
सृष्टिको प्रारम्भदेखि नै यो पवित्र मुलुकमा राजाहरूको शासन थियो । राजसंस्था तथा वैदिक सनातन धर्म सापेक्ष राष्ट्र यस देशको मौलिकता हो । यसलाई नाश गर्नेहरू एकदिन नाश भएरै जानेछन् । प्रत्येक युगमा कालनेमीहरूले जन्म लिन्छन् र मारिन्छन् पनि । समुद्र मन्थनपछि कालनेमी राक्षस प्रकट भयो । जसले आफ्नो शक्तिले इन्द्रलोक कब्जा गरेर शासन गर्न थाल्यो । इन्द्रादि देवताहरूले विष्णुको आराधना गरेर प्रार्थना गरेपछि भगवान विष्णुले कालनेमी राक्षसको अन्त्य गर्नुभयो । यसपछि कालनेमी राक्षसले हिरण्याक्षकहाँ जन्म लियो र आफ्नो भाइ अन्धकासुरको आज्ञाले भगवान विष्णुविरुद्ध युद्ध गर्दा विष्णुबाट मारियो ।
यो सत्ययुगको कुरा हो । त्रेतायुगमा मारिचको पुत्रका रूपमा कालनेमीले जन्म लियो र रावणका मन्त्रीहरूमा एक मन्त्री भयो । उनका पिता मारिचले रावणले सीता हरण गर्दा सहयोग गरेकोले रामको हातबाट मारिए । हिमालयमा लक्ष्मणलाई बचाउन सञ्जीवनी बुटी लिन हनुमान जाँदा रावणको आज्ञाले कालनेमीले मायावी रूप लिएर बाटामा उनलाई बाधा दिएकाले हनुमानको हातबाट ऊ मारियो । द्वापर युगमा कंसका रूपमा कालनेमीले जन्म लियो र कृष्णको हातबाट मारियो । अहिले नेपालमा विभिन्न राजनीतिक उद्योग खोलेर बसेका कालनेमीहरू प्रशस्त छन् । कालनेमीहरू केही मिडिया हाउस, पत्रकारको भेष, बुद्धिजीवी, नागरिक अगुवा, अधिकारवादी, केही प्रकाशन गृह र सेना र प्रहरीको भेषमा जताततै छन् । अन्ततः कालनेमीको नियति भनेको उनीहरूको समाप्ति नै हो ।
यो पवित्र हिमवत खण्डको इतिहास सृष्टिकालदेखि नै छ । हामी कुनै पनि धार्मिक वा पितृकार्य गर्दा भन्ने गर्छौं, जबमुद्वीपे भारत वर्षे आर्यवर्ते ...आदि । वायुपुराण अनुसार जबमुद्वीप भन्नाले नेपाल, इण्डिया, पाकिस्तान, फारस, अफगानिस्तान, तिब्बत, भुटान, बर्मा, श्रीलंका, इण्डोनेशिया, कम्बोडिया, लाओस, भियतनाम आदि मुलुक पर्छन् र भारत वर्ष भन्नाले हिमालयको दक्षिणदेखि विन्ध्याचल पर्वतसम्म जसलाई आर्यावर्त पनि भनिन्छ, हो । भारत वर्ष नाम कालीगण्डकी क्षेत्रको शालिग्राम क्षेत्रका राजा भरतको नामबाट भारत वर्ष हुनगएको हो । कसै कसैले कालीकोटको मान्मलाई पनि भरत राजाको राजधानी थियो भन्ने गरेका छन् तर पुराणमा पाइएको वर्णन अनुसार कालीगण्डकी क्षेत्र नै हो ।
वायुपुराण अनुसार, सृष्टिपछिको पहिलो पुरुष स्वायम्भूव मनु र उनकी पत्नी शतरूपाको पौत्र तथा वीरको पुत्रराजा प्रियव्रतको कुनै पुत्र थिएन् । त्यसैले उनले आफ्नो पुत्रीका पुत्रअग्निन्ध्रलाई आफ्नो उत्तराधिकारीका रूपमा लिन्छन् । अग्निन्ध्रका पुत्र नाभि थिए । नाभिको एउटी पत्नी मेरु देवीबाट जन्म भएको पुत्र ऋषभ थिए र यिनै ऋषभका पुत्र भरत थिए जसले कालीगण्डकीको शालिग्राम क्षेत्रमा राजधानी बनाएर राज्य गरेका थिए ।
कालीगण्डकी क्षेत्रका अग्निन्ध्र एशिया महाद्वीपका प्रथम चक्रवर्ती सम्राट थिए । पछि राज्यको भागबण्डामा हिमालयदेखि दक्षिण विन्ध्याचल पर्वतसम्मको भूभाग र गण्डकी क्षेत्रका राजा भरतको भागमा परेपछि यस क्षेत्रको नाम भारत वर्ष रहन गयो । कुनै समय सातै द्वीपहरूमा सनातन धर्म थियो ।
उनकै नामबाट हिमालयदेखि विन्ध्याचल पर्वतसम्मको भूभागलाई भारत वर्ष भनियो । सक्कली भारतवर्ष भनेको यो हिमवत्खण्ड नेपाल हो जसको पुनस्र्थापना बडामहाराजाधिराज पृथ्वीनारायण शाह र उनीपछि उनका कनिष्ठ सुपुत्र बहादुर शाहको नेतृत्वमा सुरु भएको थियो । दुबैका अल्पायुमा मृत्यु भएकोले भरत राजाले स्थापना गरेको हिमवत्खण्ड भारत वर्षको एकीकरणको यज्ञ अधुरो रहन गयो । राजा प्रियव्रतले आफ्नी पुत्रीका दश पुत्रहरूमध्ये सात पुत्रहरूलाई सात महाद्वीप वा सात महादेशको राजा बनाए र अग्निन्ध्रलाई जम्बुद्वीपको राजा बनाए । यसरी हेर्ने हो भने यो हिमवत्खण्डका राजा अग्निन्ध्र पूरै जबमुद्वीप अर्थात् एशिया महादेशको सम्राट थिए ।
सप्तद्वीपपरिक्रान्तं जम्बूदीपंनिबोधत ।
अग्नीन्ध्र ज्येष्ठदायादं कन्यापुत्रं महाबलम ।
प्रियव्रतोअभ्यषिञ्चतं जम्बूद्वीपेश्वरं नृपम् ।
तस्य पुत्रा बभुव्रुर्हि प्रजापतिसमौजसः ।
ज्येष्ठो नाभिरिति ख्यातस्तस्य किम्पुरुषोअनुजः ।।
नाभेर्हि सर्ग वक्ष्यामि हिमाह्व तन्निबोधत । (वायु पुराण ३१.३७.३८)
यो यस पवित्र भूमिको इतिहास हो । इतिहासलाई बिर्सनु हुँदैन । यसरी राजा भरतले जुन राज्य आफ्नो पुत्र सुमतिलाई दिए त्यसलाई भारतवर्ष भनियो । वेद र पुराण अनुसार विश्वमा सातवटा द्वीप छन् : जबमु, प्लक्ष, शाल्मली, कुश, क्रौञ्च, शाक र पुष्कर । यसमा जम्बूद्वीप सबैको बीचमा पर्छ । जम्बूद्रवीपलाई बाहिरबाट लाख योजन भएको समुन्द्रले चारैतिरबाट घेरेको छ, जम्बूद्वीपको विस्तार एक लाख योजन छ । जम्बू अर्थात् जामुन नामक वृक्ष, यो द्वीपमा अधिकताको कारण यसलाई जम्बूद्रवीप भनिएको हो ।
जबमुद्वीपमा छ पर्वत थिए, हिमवान, हेमकुट, निषध, नील, श्वेत र शृंगवान । मुख्य नदीहरू शतद्रू, चन्द्रभागा, वेद, स्मृति, सुरसा, तापी, पयोष्णी, निर्विन्ध्या, गोदावरी, भीमरथी, कृष्णवेणी, कृतमाला, ताम्रपर्णी, त्रिसामा, आर्यकुल्या, ऋषिकुल्या, कुमारी आदि नदीहरू यस द्वीपभित्र पर्छन् । यसको पूर्वभागमा किरात र पश्चिममा यवन बस्दछन् । कालीगण्डकी क्षेत्रका अग्निन्ध्र एशिया महाद्वीपका प्रथम चक्रवर्ती सम्राट थिए । पछि राज्यको भागबण्डामा हिमालयदेखि दक्षिण विन्ध्याचल पर्वतसम्मको भूभाग र गण्डकी क्षेत्रका राजा भरतको भागमा परेपछि यस क्षेत्रको नाम भारत वर्ष रहन गयो । कुनै समय सम्र्पूण सातै द्वीपहरूमा अर्थात् महादेशहरूमा सनातन धर्म थियो ।
यसको प्रमाण विश्वको विभिन्न मुलुकहरूमा उत्खनन्बाट प्राप्त हाम्रा देवदेवीहरूको मूर्तिहरूले नै बताइरहेका छन् । सम्पूर्ण देवता तथ शिव तथा शक्तिको वास भएको यो पवित्र देवभूमि अहिले कालनेमी राक्षसहरूको खुनी पञ्जामा परेकोले दुर्दशा भोग्नुपरेको छ । श्रीमद् देवीभागवतमा कलिका ब्राहृमणहरूलाई राक्षस भनिएको छ । किनकि पछिल्लो तीन युगका राक्षसहरू कलिमा ब्राहृमण भएर जन्मिएका हुन्छन् । प्रमाण हाम्रो शासकवर्गलाई हेरे हुन्छ । प्रमाण, राजाको समीप रहने गुरु पुरोहित र दरबारियाहरू, बुद्धिजीवी, पत्रकार, मिडिया हाउस, प्रकाशक, अधिकारकर्मी, नोकरशाह आदि । देवीभागवतमा लेखिएको छ, राजन, ती प्राचीन युगहरूमा जसलाई राक्षस भनिन्थ्यो उनीहरू कलिमा ब्राहृमण मानिनेछन् ।
देवीभागवत अनुसार जनमेजयले व्यासजीलाई सोधेपछि उनले भनेका छन्, जसलाई पछिल्लो युगहरू सत्य, त्रेता र द्वापर युगमा राक्षस मानिन्थ्यो तिनीहरूलाई कलियुगमा ब्राहृमण भनिन्छ । यिनीहरू वेदहरूको अनुकूल छैनन् अर्थात् शास्त्रविरुद्ध छन् । ब्राहृमणको पछि लाग्नेहरू पनि त्यस्तै छन् । राक्षसी राजको समाप्तिका लागि पद, बाहृय प्रभाव, पैसा, यश, नामको मोहबाट माथि उठेर सच्चा सनातनीहरू अब नेपाललाई आफ्नो मौलिकतामा फर्काउन एउटै मालामा उनिनुको विकल्प छैन । आसन्न वसन्त ऋतु वैदिक सनातन धर्म र यस हिमवत्खण्डको मौलिकताको ऋतु हुनेछ भन्ने संकल्पका साथ सबै सनातन धर्मावलम्बी एकजुट हुन विलम्ब नगरौं ।
लेख राम्रो छ। Reference दिनु भएको भए झनै राम्रो हुन्थियो।
इन्दिरा गान्धीको बारेमा” दीर्घराज प्रसाईको लेख बाट साभार छ, Wiki बाट पनि छ,
भरतको राजधनीको पनि reference
अरु तपाईका कुरा राम्रै हो, अलि अलि सुधार गर्नु पर्छ।
हिम्वत खण्ड र भारत खण्ड छुट्टै हो।
गङ्गाको उत्तरको क्षेत्र हिम्वत खण्ड हो भने त्यसको दक्षिण भारत खण्ड हो।
अध्ययनशील स्तम्भकारकाे उत्कृष्ट अालेख , सबैले पढ्नुपर्ने राेचक लेख ।
धन्यवाद हजूर ।