सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरबाट करिब ८१ ग्राम तौलको सुनजस्तो देखिने धातुको ब्रासलेट १ थानसहित बैतडी पाटन नगरपालिका-६ घर भएका ३४ वर्षीय दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कतार एयरवेयजको उडानद्वारा काठमाडौं आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?