‘ए’ डिभिजन लिगका आठौं चरणका खेलहरू आजबाट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीदस्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (मंगलबार) दुई खेलहरू हुँदैछन् ।

लिगको आठौं चरणअन्तर्गत मंगलबार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक/एक खेल हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र आर्मीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

जावलाखेल आज पाँचौं जितको योजनामा हुनेछ । जावलाखेल ७ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

जावलाखेल आर्मीलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ । आर्मी तेस्रो जितको खोजीमा हुनेछ । आर्मी ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा साविक विजेता मछिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

मछिन्द्र आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । मछिन्द्र ७ खेलमा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै खुमलटार पनि तेस्रो जितको योजनामा छ । खुमलटार ७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?