प्रदीप गिरी सच्चा र असल नेता : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनमा दुस्ख ब्यक्त गर्नुभएको छ । उहाँले गिरीको निधनले देशले एक असल र सच्चा नेता गुमाएको जनाउनुभएको छ ।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले भन्नुभएको छ, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका गिरीको उपचारका क्रममा शनिबनर राति ९ः३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?