ढाकाकुमारबारे रास्वपाले भोलि निर्णय लिने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा भोलि निर्णय लिने बताउनु भएको छ ।

श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि छानविन पछि रास्वपाले भोलि निर्णय लिने भएको हो ।

केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने रास्वपा सभापति लामिछानेले बताउनु भयो । चितवनमा भएको चुनावी सभामा उहाँले उक्त कुरा बताउनु भएको हो ।

अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भए पनि उनीहरुलाई कारबाही गरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?